बागलुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना: एकको मृत्यु, १८ घाइते

पाल्पा | बैशाख १०, २०८०

बागलुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना: एकको मृत्यु, १८ घाइते

पाल्पा:   बुटवलबाट पाल्पा हुँदै बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

 

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र १८  जना घाइते भएको प्रहरीले जनाएको छ ।


आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै बागलुङको बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो ।


दुर्घटनामा परी १८  जना घाइते भएका छन् । पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घाइते सबै जनलाई लुम्बिनी मेडिकल कलेज पठाइएको जानकारी दिनुभयो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्